काठमाडौँ- एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । बीरगन्ज महानगरपालिका वडा नम्बर १३का वडाअध्यक्ष तुफान अन्सारीको नेतृत्वमा एभिन्यूज खबर टेलिभिजनमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोश पोख्दै टेलिभिजनको कार्यालयमा तोडफोड भएको हो । अन्य विवरण आउन बाँकी छ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एभिन्युज टेलिभिजनका पत्रकार सुशिल पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै अन्तवार्ता चलिरहेकै बेला माइक फालेर बाहिरिएका थिए । पत्रकार पाण्डेले तपाईको नवगठित समाजवादी पार्टी नेपलले जनतालाई के दिन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा यादवले उल्टै तपाईको मिडियाले चाँहि जनतालाई के दिन्छ भन्दै प्रतिप्रश्न गरेका थिए । पत्रकार पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै यादव माइक नै फालेर बाहिरिएका थिए ।
हेर्नुहोस् यस्तो थियो अन्तर्वार्ता