
काठमाडौँ- एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । एभिन्यूज खबर टेलिभिजनमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोश पोख्दै टेलिभिजनको कार्यालयमा तोडफोड भएको हो । अन्य विवरण आउन बाँकी छ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एभिन्युज टेलिभिजनका पत्रकार सुशिल पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै अन्तवार्ता चलिरहेकै बेला माइक फालेर बाहिरिएका थिए । पत्रकार पाण्डेले तपाईको नवगठित समाजवादी पार्टी नेपलले जनतालाई के दिन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा यादवले उल्टै तपाईको मिडियाले चाँहि जनतालाई के दिन्छ भन्दै प्रतिप्रश्न गरेका थिए । पत्रकार पाण्डेलाई प्रश्न सोध्ने तरिका सिक्नुस् भन्दै यादव माइक नै फालेर बाहिरिएका थिए ।
हेर्नुहोस् यस्तो थियो अन्तर्वार्ता
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्