×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली पूँजी बजारमा नयाँ बजेटले के-के ल्यायो ? ७ बुँदामा हेर्नुहोस्

PRIME CA

नेपाली पूँजी बजारमा नयाँ बजेटले के-के ल्यायो ? ७ बुँदामा हेर्नुहोस्

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले पूँजी बजारका लागि विभिन्न योजना सार्वजनिक गरेका छन् । ५ बुँदामा हेर्नुहोस् 
१. ‘धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने छ ।’
२. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने छ। गैर आवासिय नेपालीले दोस्रो बजार बाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने छ । 
३. ‘कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने भएको छ ।’
४. ‘सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने उल्लेख छ ।’ 
५. ‘सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिनेभएको छ ।’

६. गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्ने बाटो खुलेको छ । लामो समयदेखि उठ्दै आएको गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्न दिने नदिने विषय टुंगिएसँगै पूँजी बजारमा यसले सकारात्मक असर पार्ने बुझिएको छ । आगामी वर्षको बजेटमा गैरआवासीय नेपालीलाई पनि धितोपत्र कारोबार खुला गरिएको छ।

७. सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना हुने भएको छ ।सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: