×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमान्डूले गर्यो प्रगति, खुद नाफा २९.४५% ले वृद्धि हुँदा खुद ब्याज आम्दानी कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २९.४५% ले वृद्धि भएर १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा ९३ करोड ५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३२.६०% र ३०.०१% ले वृद्धि भएको छ । बैंकको खुद नाफा २ अर्ब ६ करोड २७ लाख १९ हजार रुपैयाँबाट बढेर २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि  १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । 
यो चैत मसान्तसम्ममा बैंकले निक्षेप ८१ अर्ब १३ करोड ५० लाख ६८ हजार रुपैयाँ संकलन गरी कर्जा ७१ अर्ब २६ करोड १५ लाख ३ हजार रुपैयाँ लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ छ । रिजर्भ कोषमा भने ३ अर्ब ६० करोड ६४ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा २.१२% रहेको छ भने प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ५४ पैसाबाट बढेर १९ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: