×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

न बन्द समाधान हो, न प्रतिबन्ध ! दम्भ र प्रतिशोध बिर्सिएर वार्ता गरौँ !

केहि समय अघि सरकारी तर्फबाट विप्लवका एक कार्यकर्ता मारिए । मुडभेडमा मारिएको दावी गर्ने सरकारी पक्षले उनलाई हत्या गरेको विप्लव नेतृत्वको नेकपाको आरोप छ । उनको निधनसँगै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गर्यो । बन्दको अघिल्लो दिन विभिन्न ठाउँमा बिस्फोट हुँदा ४ जनाको मृत्यु भयो ।
यसअघि रोहण गुरुङको घरमा बम राखेपछि विप्लव नेतृत्वको नेकपालाइ सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि कति ठाउँमा पार्टी रक्षात्मक देखिएको छ भने कति ठाउँमा पार्टीले सरकारी प्रतिबन्धको खुलेरै सामाना गरेको छ । तर जुन पक्षबाट जे भएपनि आम नागरिकको ज्यान गइरहेको छ । सरकारले सुरक्षा दिन सकेको छैन भने नागरिकहरु त्राहिमाम बनेका छन् ।
प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएका छन् । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । केधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । विस्फोटको सृंखला अझै नरोकिने संकेत देखिएको छ । पार्टीका कार्यकर्ताले आफ्ना कार्यकर्ताको हत्याको बदला लिने भनीरहेका छन् भने सरकार पनि पेलेरै जाने रणनीति लिएको छ । 
तर यो समाधान होइन । द्वन्द बढ्दा मर्ने जनता नै हो । जो मरेपनि नेपाली नै मर्ने हो । जनता फेरी द्वन्द चाहादैनन् । सरकारले दम्भ त्याग्न जजुरी छ भने विप्लवको पार्टी पनि संयमित हुन जरुरी छ । वार्ता गरेर नमिलेको कुरा मिलाउनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: