
८ बर्षीय बालक करण शाहलाई अपहरण गरी हत्या गर्ने हत्याराहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । गत १० गते शुक्रबार विहानको १० बजे बीरगंजबाट अपहरणमा परेका बालकको कैलैया नगरपालिका वडा नम्बर ११मा लगेर २ घण्टापछि हत्या गरिएको थियो ।
२ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अपहरणकारीको खोजी गरिरहेको थियो । शुक्रबार रातीमात्र प्रहरीलाई खबर आएपछि प्रहरी यो कार्यमा खटिएको थियो । अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको थियो ।
प्रहरीका अनुसार भारत विहार घर भएका बिकास शर्मा, कलैया नगरपालिका वडा नम्बर ८ भएका राम बिनेश महतो, बारा कलैयाका सीकेन्द्रले शाहले अपहरणपछि हत्या गरेका थिए । अपहरणकारीलाई पछ्याउँदै गएको प्रहरीको टोलीलाई देखेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्