×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक आडमा तस्करी गर्नेलाई परेन त फसाद ? अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने !

PRIME CA

राजनीतिक आडमा तस्करी गर्नेलाई परेन त फसाद ? अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने !

अर्थ सरोकार

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले अतिक्रमणमा परेका सबै सरकारी जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका छन् ।सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ। आगामी दुई वर्षमा सबै जग्गाको नक्सा विद्युतीय प्रणालीमा रहने भएको छ । 
यस्तै वृद्धभत्ता बढाइएकोसमेत उनले घोषणा गरेका छन् । सरकारले बृद्धभत्ता ३ हजार पुर्याएको छ । सरकारले एक हजार रुपैयाँले बृद्धभत्ता बढाएर ३ हजार पुर्याएको हो ।७० वर्ष उमेर पुगेका व्यक्तिले बृद्धभत्ता पाउने छन् । यसअघि ७० वर्षमाथिका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।
तर वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याउँदा राज्यलाई मासिक १ अर्ब ३० करोड तथा वार्षिक १५ अर्ब ६० करोड रुपैयाँ थप व्ययभार पर्ने देखिएपछि प्रतिपक्षीले भने सदनमै आफु छक्क परेको खानेखुसी गरिरहेका छन् ।
साथै अर्थमन्त्री खतिवडाले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिनेसमेत बताएका छन् । यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।
बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: