×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कर्मचारीहरुलाई बधाई छ ! २०% बढ्यो तलव ! कसले कति पाउँछन् ? (पूरै सूचीसहित)

PRIME CA

सरकारी कर्मचारीहरुलाई बधाई छ ! २०% बढ्यो तलव ! कसले कति पाउँछन् ? (पूरै सूचीसहित)

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले सरकारी कर्मचारी हरुको तलव बढाइएको घोषणा गरेका छन् । साथै उनले वृद्धभत्ता पनि बढाईएको घोषणा गरेका छन् । 
साथै उनले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिनेसमेत बताएका छन् ।
यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।
बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ ।

कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ ।
त्यस्तै, राजपत्र अनंकिततर्फको नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ ।

त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।

हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ ।

कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: