काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६१ करोड ६ लाख ७१ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९.०६% ले घटेको छ । गत वर्ष यसै अवधिमा बैंकले ६७ करोड १५ लाख २६ हजार खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४५.२६% ले बढेर १ अर्व ९७ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ७३ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । यता, सञ्चालन नाफा भने ६.७५% ले घटेको छ । गत वर्ष ९३ करोड ६६ लाख ४४ हजार रहेको सञ्चालन नाफा तो त्रैमाससम्म आइपुग्दा ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँमा सिमित रहेको छ ।
बैंकले ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ ।
यता, बैंकको खराब कर्जा पनि ०.७६% बाट बढेर १.५३% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ १० पैसाबाट घटेर ९ रुपैयाँ ८७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्