
काठमाडौँ- विभिन्न कार्यालयले मु.अ कर वा आयकर नतिरेको खबर नौलो होइन । तर करको हिसाव गर्ने र अरुलाई परामर्शसमेत गर्ने सिएहरुले नै कर नतिरेर कर कार्यालयले ताकेताको सूचना निकाल्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यसपाली यस्तै भएको छ ।
चार्टड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीको जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्ससहित १३५ कम्पनीले मूल्य अभिबृद्धि कर र आयकर समयमा नतिरिएको पाइएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गरेको हो ।
यस विषयमा बुझ्न सिवाकोटीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्