
जनकपुर । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डाँका गर्न आएको एक समूहमाथि गोली प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ नेपाल आएको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय टोलीले भारत समस्तीपुरबाट डकैती गर्न आएको ७ जनाको समूहमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले घटनास्थलबाट लोड गरिएको गरिएको सिक्सर १ थान, पेस्तोल १ थान, ६ राउण्ड लोड गरिएको गोली, र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको छ ।प्रहरीका अनुसार एकजना डाँकाको खुट्टामा गोली लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्