काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ६८.७८% ले धेरै हो । गत वर्ष संस्थाले १७ करोड ७५ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
संस्थाले खुद ब्याज आम्दानी २८.२९% ले बढोत्तरी गरी ५८ करोड ४० लाख २९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ४५ करोड ४८ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ६८.२८% ले बढेर ३८ करोड ७२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको देखिन्छ।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले ३ अर्ब ३४ करोड ३१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६३ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ७७ करोड ३४ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड २८ लाख १२ हजार रुपैयाँ जम्म भएको छ ।
संस्थाको खराव कर्जा ०.८८% रहेको छ भने प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा छ । गत वर्ष यसै अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६४ पैसा रहेको थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्