
काठमाडौँ – डेभलपमेन्ट बैंकर्स एशोसिएशनको पूर्णकालीन नेतृत्वमा ३ जना चार्टड एकाउन्टेन्ट पुगेका छन् । चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली, सुयोग श्रेष्ठ र प्रविन बस्नेत एशोसीएसनको कार्यसमतिमा चुनिएका हुन् । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली महासचिव पदमा, सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ कोषाध्यक्ष पदमा र कामना सेवा बिकास बैंकका सीइओ प्रविण बस्नेत सदस्य पदमा गरी ३ जना चार्टड एकाउन्टेन्टहरु एशोसिएसनको कार्यसमितिमा चुनिएका हुन् ।
यस अलावा अध्यक्षमा ढकालसँगै एशोसिएशनका प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल, द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ तथा सदस्यहरुमा रेशमप्रसाद जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, र नवीन सुवेदी चुनिएर कार्यसमितिमा पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्