×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको कानुन, दैबले जानुन ! कुर्सी खाली भएको ३ महिना कटिसक्यो, ग्लोबल आइएमइ बैंकमा खोई त सीइओ ?

PRIME CA

राष्ट्र बैंकको कानुन, दैबले जानुन ! कुर्सी खाली भएको ३ महिना कटिसक्यो, ग्लोबल आइएमइ बैंकमा खोई त सीइओ ?

२ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – हुन त नेपाल राष्ट्र बैंकमा भनसुन गरेपछि र गरेको भनसुन चलेपछि कानुनजति दराजमै थन्क्याएर राखेपनि कसैले बोल्नेवाला छैन । तर पनि नियमनकारी निकाय हुनुको नाताले नेपाल राष्ट्र बैंकले आफुले नियमन गर्ने संस्थाहरुलाई भेदभाव नगर्नु पर्ने हो । तर लोकाजको समेत ख्याल नगरी राष्ट्र बैंकले देखिने गरी कसैलाई काखा र कसैलाई पाखा गर्न थालेको छ । त्यसको पछिल्लो उदाहरण हो, ग्लोबल आइएमइ बैंकमा सीइओ नियुक्त नहुँदा पनि राष्ट्र बैंकले आँखा चिम्लनु । नेपाल राष्ट्र बैंकले बनाएको कानुनका पानाहरु पल्टाउने हो भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ३ महिनासम्म सीइओ पद रिक्त राख्न नपाइने व्यवस्था छ । तर राष्ट्र बैंकको यो नियमलाई रद्दीको टोकरीमा फालेको ग्लोबल आइएमइ बैंकलाई भने बैंकले छुन सकेको छैन ।
ग्लोबल आइएमइ बैंकलाई मात्र किन छुट ?
केहि समय अघिको कुरा हो । राजन सिंह भण्डारीले बैंकको सीइओ पद छोडेपछि सिटिजन्स बैंकमा सीइओको बन्ने भन्ने सल्लाह हुँदै । तर नेपाल राष्ट्र बैंकले ३ महिनापछिपनि सीइओको पद खाली नराख्नु भनेर पटक पटक ताकेता गर्यो । नबिल बैंकको केसमा पनि राष्ट्र बैंकले पटक पटक ताकेता गरेर समयमै सीइओ राख्न दवाव दियो । तर अहिले ग्लोबल आइएमइ बैंकको हकमा नेपाल राष्ट्र बैंक चुप लागेको छ । ग्लोबल आइएमइ बैंकबाट तत्कालीन सीइओ जनक शर्मा पौडेलले राजीनामा दिएको ३ महिना बढी भइसकेको छ । उनले कुलिनङ पिरियडसमेत सक्काउने गरी अर्को बैंकमा नियुक्ति खाने बेला हुँदासम्म ग्लोबल आइएमइ बैंकले नयाँ सीइओ नियुक्त गर्ने छाँटकाँट देखिएको छैन । बैंक ३ महिना कट्दासम्म पनि महेश ढकालले नै चलाईरहेका छन् । नयाँ सीइओ नहुँदा बैंकमा केहि आन्तरिक समस्याहरु देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: