काठमाडौं – गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।गत वर्ष फाइनान्सले ५१ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी ११ करोड ६२ लाख २२ हजार रुपैयाँ कमाएको छ । यो खुद ब्याज आम्दानी गत वर्षको तुलनामा पनि १२.९५% ले कम हो । गत वर्ष फाइनान्सले १३ करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, चैत मसान्तसम्म यो फाइनान्स १२ लाख ३९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष पनि ९ लाख ३६ हजार रुपैयाँ सञ्चालन नोक्सानी रहेको थियो ।
चैत मसान्त सम्म फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष यस अवधिमा ७.९४% ले बढेर ३५ करोड २० लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सको जगेडा कोषमा ३२ करोड ६१ लाख २० हजार रुपैयाँ रहेको थियो । यस अवधिमा फाइनान्सले ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब १५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
फाइनान्सको खराब कर्जा ४.८९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्