Skip to content
LAXMI SUNRISE BANK

जनसेवी लघुवित्तको ४ लाख ३२ हजार ९९० कित्ता आइपिओ सोमबार बाँडफाँड हुँदै

अर्थ सरोकार

काठमाडौँ – जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ जेठ ६ गते (सोमबार) बाँडफाँड हुने भएको छ । संस्थाको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो ।
संस्थाले बिक्री गरेको आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ। उक्त आइपिओमा ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK