काठमाडौं – जनता बैंक नेपालले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंक अर्बपतिको सूचीमा उक्लिन सफल भएको छ । बैंकले खुद नाफा ६०.५६% ले वृद्धि गरी १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यस अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सनचालन नाफा क्रमश: ४६.६३% र ५६.२८% ले वृद्धि गरेको छ । गत वर्षको १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस त्रैमासमा बढाएर २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ पुर्याएको छ । सनचालन नाफा पनि ९४ करोड २३ लाख ९७ हजार रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारणले गर्दा पनि खुद नाफा बढेको देखिन्छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राखेको छ ।
यता, बैंकको खराब कर्जा १.२१% रहेको छ भने प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ६३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्