काठमाडौं – ज्योति विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २८.३१% ले बढेर २८ करोड ५३ लाख ८५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा बैंकले २२ करोड २४ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५०.९३% ले बढोत्तरी गरी ८० करोड ९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ५३ करोड ६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३१.१७% वृद्धि भएको छ । सञ्चालन नाफा पनि ३४ करोड १३ लाख १६ हजार रुपैयाँबाट बढेर ४४ करोड ७७ लाख ३२ हजार पुगेको छ ।
यो चालु मसान्तसम्ममा बैंकले २७ अर्ब २० करोड ७५ लाख ८९ हजार निक्षेप संकलन गरी २३ अर्ब ९० करोड ६४ लाख ५१ हजार कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड ३९ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६३ करोड ४१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.९२% मा रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्