
काठमाडौँ । को बन्छ करोडपतिमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । उनी यो संस्करणका पहिलो करोडपति हुन् । २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको उत्तर मिलाएर उनी करोडपति बनेका हुन् । दिइएका ४ अप्सनमध्ये पहिलो अप्सनलाई चुनेका उनले अन्तत: एक करोड रुपैयाँ जितेका हुन् ।
सानैदेखि निकै मेधावी जैनले एमबिए गरेका छन् । एक वा दुइ पटक हेर्दैमा फोन नम्बरसमेत कण्ठ गर्ने राजीवले को बन्छ करोडपतिमा हरेकजसो प्रश्नमा आफ्नो लजिकसहित उत्तर दिएका थिए । ३ लाख २० हजार रुपैयाँ जितीसकेपछी कि एक करोड जित्छु कि ३ लाख ५० हजार लिएर जान्छु भन्ने घोषणा कार्यक्रममै गरेका उनी अन्तत एक करोड रुपैयाँ जितेका हुन् । आफ्ना परिवारका सबैजसो सदस्यको उपस्थितिमा को बन्छ करोडपति खेल खेलेका उनलाई एक करोड रुपैयाँ जितेपछि नेपाली ढाका टोपी, टिका, खदा र एक करोड रुपैयाँको सिभिल बैंकको चेकले सम्मान गरिएको छ ।
एक करोड रुपैयाँ जितिसकेपछि उनी त्यो रकमले विश्व भ्रमणमा जाने इक्षा राखेका छन् । अर्को साता को बन्छ करोडपतिमा पत्रकार रवि लामिछाने प्रस्तुत हुँदैछन् ।
यो पनि पढ्नुहोस् :
राजीव जैनले पाएको सिभिल बैंकको चेक नै नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटिदैनथ्यो !


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्