×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को बन्छ करोडपतिमा इतिहासकै ‘वेवकुफ’ प्रश्न, प्रश्न नै १०० प्रतिशत गलत हुँदा कसरी मिल्यो उत्तर ?

PRIME CA

को बन्छ करोडपतिमा इतिहासकै ‘वेवकुफ’ प्रश्न, प्रश्न नै १०० प्रतिशत गलत हुँदा कसरी मिल्यो उत्तर ?

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’को सोमबारको सृंखलामा युवराज अधिकारी खेलिरहेका थिए । उक्त कार्यक्रममा १० हजार जितेपछि २० हजार रुपैयाँका लागि उनी खेल्दै थिए । २० हजार रुपैयाँका लागि राजेश हमालले छैटौँ प्रश्न राखे । 
प्रश्न थियो, ‘एनएसइ सेनसेक्समा ‘एन’ले के जनाउँछ ?
अप्सनहरु थिए, ‘ए. नियरेष्ट, बि. नेपाल, सि. न्यू डी. नोमिनल’ 
राजेश हमालले सेनसेक्सलाई परिसूचक हो भनी संकेत गरिरहेका थिए । उनले समसामयिक विषय समेत भनिरहेका थिए । उनको संकेत थियो, ‘सेयर समसामयिक विषय हो ।’
आफुले प्रश्नको उत्तर नजानेपछि युवराज अधिकारीले ‘फोन अ फ्रेन्ड’ लाइफलाइन प्रयोग गरे । सोहि अनुसार उनले मित्र प्रसाद घिमिरेलाई फोन गरे । तर त्यहाँबाट पनि उत्तर आएन ।

उनी सेफ साइडमै थिए । प्रश्नको उत्तर नमिलेपनि उनले १० हजार जित्थे । खेल छोडे पनि त्यहि १० हजार लैजान्थे ।  त्यहि भएर उनले आफुले गेस गरेको उत्तर भने ‘नेपाल’ । र प्रश्नको उत्तर मिलेको बताए राजेश हमालले ।

तर सत्य अर्कै थियो । नेपालमा परिसूचक जनाउने त्यस्तो एनएसइ सेनसेक्स भन्ने चीज केहि पनि छैन ।
एनएसइ सेनसेक्समा ‘को बन्छ करोडपति’को आधार मान्ने हो भने यो नेपाल स्टक एक्सचेन्ज सेनसेक्स हुन्छ । तर त्यस्तो केहि चीज नेपालमा छैन । नेपालमा भएको भनेको नेप्से परिसूचक हो अर्थात ‘NEPSE INDEX’ 
युवराज अधिकारीले यो प्रश्न मिलाएको भन्दै २० हजार जीते भने उनी ४० हजार लिएर कार्यक्रमबाट बिदा भए । तर हुँदै नभएको चीज कसरी प्रश्न भयो ? कसरी उत्तर मिल्यो ? यो प्रश्नको उत्तरचाहिं कार्यक्रम बनाउनेसँग नै होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: