×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

किसान माइक्रोफाइनान्सको खुद नाफा १०९.६४% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा  १०९.६४% ले बढेर १ करोड ३२ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ६३ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
संस्थाको खुद ब्याज आम्दानी ५०.८४% ले बढेर ५ करोड ४९ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३ करोड ६४ लाख ८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि १३७.०८% ले बढेर १ करोड ८५ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ७८ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएको छ जसले गर्दा खुद नाफा पनि बढाउन 
मद्दत गरेको छ।
संस्थाले निक्षेप ३४ करोड ४५ लाख २४ हजार रुपैयाँ संकलन गरी कर्जा १ अर्ब ३९ करोड ८५ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ८ करोड ९७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । साथ जगेडा कोषमा २ करोड ३४ लाख ४ हजार रुपैयाँ रहेको छ। 
यो तेश्रो त्रैमाससम्ममा संस्थाको खराब कर्जा १.११% ले घटेर १.३७% पुगेको छ । गत वर्ष खराव कर्जा २.४८% थियो । संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०६ रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: