×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा ३६.२५% ले वृद्धि

PRIME CA

कुमारी बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा ३६.२५% ले वृद्धि

१९ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कुमारी बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंक यो तेश्रो त्रैमाससम्ममा अरबपतिको सूचीमा उक्लिएको छ । बैंकले खुद नाफा ३६.२५% ले वृद्धि गरी १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको भन्दा ३६.२५% ले बढी हो । गत वर्ष ७३ करोड ६३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६०.६६% ले बढेर २ अर्ब २३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ३८ करोड ९८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३९.८५% ले बढेर १ अर्ब ४२ करोड ८६ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब २ करोड १५ लाख १८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
यो तेश्रो त्रैमाससम्ममा बैंकले ६९ अर्ब ४ करोड ५९ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब ५९ करोड ८८ लाख १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १६ करोड ३७ लाख ५ हजार रुपैयाँ जम्मा भएको छ । 
चैत मसान्त सम्ममा कुमारीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसाले बढेर १८ रुपैयाँ ६७ पैसा रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: