काठमाडौँ । कुमारी बैंकको चेक बाउन्स गरेको प्रकरणमा मिस टिन २००६ तथा चर्चित मोडल खुश्बु ओली दोषी ठहर भएपछि जेल चलान भएकी छिन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर्याएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गर्दै बाउन्स रकम तिर्न फैसला सुनाएका हुन् ।
गोपाल कटुवालले खुश्बु ओलीले आफुलाई कुमारी बैंकको पैसा नै नभएको ३६ लाख रुपैयाँ दिएको भन्दै चेक बाउन्सको मुद्धा दर्ता गराएका थिए ।