×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक ‘अर्वपति क्लब’मा, खुद नाफा १९.५५% ले वृद्धि (वित्तीय विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी बैंक ‘अर्वपति क्लब’मा, खुद नाफा १९.५५% ले वृद्धि (वित्तीय विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी बैंक आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंक अर्वपतिको सूचीमा उक्लिएको छ । बैंकले १९.५५% ले बढोत्तरी गरी १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले ८६ करोड ११ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३४.४१% र १९.३३% वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब १९ करोड ६२ लाख १७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष १ अर्ब ६३ करोड ३८ लाख ६७ हजार रुपैयाँ ब्याज आम्दानी कमाएको थियो । साथै, सञ्चालन नाफा १ अर्ब २३ करोड २ लाख ८१ हजार रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 
यो तेश्रो त्रैमाससम्मममा बैंकले ७७ अर्ब ४४ करोड ६१ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ५१ करोड ५७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १७ करोड ११ लाख २६ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा भने थोरै बढेको छ । बैंकको खराब कर्जा ०.०४% ले बढेर १.२०% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: