काठमाडौं – लिबर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डसँग बैंकले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्नको लागि अनुमति मागेको हो ।
कम्पनीको आइपीओमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।