Skip to content
LAXMI SUNRISE BANK

जैनले एक करोड जितेको एपिसोडको ३४औँ मिनेट हेर्नुहोस् त ! यसरी चिटिङ गरेर जिताईएको रहेछ १ करोड !

अर्थ सरोकार

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपतिमा चिटिङ गरिएको रहस्य खुलेको छ । विराटनगरका राजिवजैनले एक करोड रुपैयाँ जितेको एपिसोडमा पानी पिलाउने निहुँमा चिटिङ भएको केबिसी नेपालले राखेको भिडियोमा नै स्पष्ट देख्न सकिन्छ । 
को बन्छ करोडपति? मा १ करोड जित्ने उनी पहिलो  रहेका जैनलाई उनलाई एक करोड रुपैयाँका लागि ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावकहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्न सोधिएको थियो।  र अप्सनहरु थिए, ए–२०१४ माघ १९, अप्सन बी– २०१४ फागुन ७,अप्सन सी–२०१४ मसिंर २, अप्सन डी–२०१४ पुस २५। 
उनी पहिला उक्त प्रश्नको उत्तर फाल्गुण हो कि भनिरहेका थिए । तर पानी पिउने निहुँमा उनले स्टेज घुम्दै गर्दा कसैले ‘माघ हो माघ’ भनिदियो । र उनले माघ नै हो भने । र जिते एक करोड । कसैले अडियन्सबाट ‘माघ हो माघ’ भनेको बोली उक्त भिडियोको ३४ द्केही ३५ मिनेटसम्म मज्जाले सुन्नुभयो भने बुझिन्छ । कार्यक्रम कासञ्चालक राजेश हमालले ‘यसो डुल्न मन लागेकोछ भने डुल्नुस्… आउनुस्..गफ गर्दै गर्दै, प्रजातन्त्र ततपाँइलाई थाहा छँदै छ’ भन्दै स्टेजमा दुलायेका थिए।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK