×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले गर्यो प्रगति, खुद नाफा १५.१३% ले वृद्धि गरी कमायो ३८ करोड ७९ लाख ६ हजार रुपैयाँ !

काठमाडौं – महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंक खुद नाफा १५.१३% ले वृद्धि गरि ३८ करोड ७९ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३३ करोड ६९ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा दुवै बढेको छ । बैंकले खुद ब्याज आम्दानी ३९.४७% ले बढाएर १ अर्ब २६ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा बैंकले ७१ करोड ८९ लाख १३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेका थियो । साथै, सञ्चालन नाफा पनि १९०.४५% ले वृद्धि भएको छ । बैंकको सञ्चालन नाफा १७ करोड १० लाख १५ हजारबाट बढेर ४९ करोड ६७ लाख १५ हजार पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले निक्षेप ३० अर्ब ४९ करोड ९ लाख ५४ हजार रुपैयाँ संकलन गरी २६ अर्ब ३५ करोड ९५ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख १ हजार रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा भने १ अर्ब २८ करोड ६४ लाख ७० हजार रुपैयाँ मात्र छ ।
 बैंकको खराब कर्जा ३.८५% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: