
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेड ‘अर्बपति’ क्लबमा प्रवेश गरेको छ । तेश्रो त्रैमासिकको विवरण अनुसार बैंकले गत आर्थिक बर्षको यसअवधिसँगको तुलना १३१ प्रतिशतले बढाएर १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरी अर्वपति क्लबमा आफ्नो स्थान सुरक्षित गरेको हो । गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५२ करोड ४९ लाख मुनाफा गरेको थियो।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । २०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ । यो अघिल्लो बर्षको सोहि अवधिको तुलनामा ६९.५४ प्रतिशतको वृद्धि हो ।
मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्