![](https://4.bp.blogspot.com/-7OKP_NHNb2E/XOJhL19UoFI/AAAAAAABLXk/m5Ud6MICOcksnjesJaeRARfpKXbQ9M_xwCLcBGAs/s640/2.jpg)
काठमाडौं – मल्टिपर्पोज फाइनान्सको ८६४.४६% हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति प्रदान गरेको छ । कम्पनीले १ः८.६४४ अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।