×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३७.८१% ले वृद्धि

PRIME CA
GLOBAL IME BANK

नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३७.८१% ले वृद्धि

३१ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३० करोड ६ लाख १९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३७.८१% ले धेरै हो ।  गत वर्ष यसै अवधिमा कम्पनीले २२ करोड २० लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क २०.८३% ले वृद्धि भएको छ । गत वर्ष ३ अर्ब ९४ करोड ३९ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क रहेको कम्पनीले यो त्रैमासमा बढेर ४ अर्ब ७६ करोड ५७ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ३ अर्ब ९४ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको थियो । कम्पनीले कुल १ अर्ब ७० करोड ६२ लाख ७३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने कुल २९ करोड ६७ लाख ४० हजार रुपैयाँ दाबी रकम भुक्तानी हुन बाँकी रहेको छ ।
चुक्ता पुँजी ८१.६०% ले बढाएर ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष पनि ५६.९०% ले बढाएर ६८ करोड ७५ लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ । जीवन बिमा कोष २३.६८% ले वृद्धि गरी २५ अर्ब २२ करोड ८ लाख ६८ हजार रुपैयाँको भएको छ । गत वर्ष बिमा कोषमा २० अर्ब ३९ करोड १० लाख २३ हजार रुपैयाँ रहेको थियो ।
यता, कम्पनीले प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ भने केहि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी  ४ रुपैयाँ २ पैसाले घटेर १३ रुपैयाँ ५६ पैसामा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ पनि गत वर्ष भन्दा ५९ पैसाले घटेर १२२ रुपैयाँ ८५ पैसा पुगेको हो । गत वर्ष प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: