×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंक ‘अर्वपति क्लब’मा, खुद नाफा ३१.०८% ले वृद्धि

काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार एनसीसी बैंक अर्वपतिको सूचीमा उक्लिएको छ । बैंकको खुद नाफा ३१.०८% ले वृद्धि गरेर १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले ८८ करोड ८० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३१.८०% र ५४.७६% ले वृद्धि भएको छ । बैंकले खुद ब्याज आम्दानी १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यसै अवधिमा १ अर्ब २४ करोड २४ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ अर्ब ४४ करोड १४ लाख ६९ हजार रुपैयाँबाट बढेर २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 
यो तेश्रो त्रैमाससम्ममा बैंकले ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ग्राहकलाई ५६ अर्ब ८० करोड ७९ लाख ५ हजार रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थालाई २ अर्ब २४ करोड ४६ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ 
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: