×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ५४.६५% ले वृद्धि

PRIME CA
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ५४.६५% ले वृद्धि

२४ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ५४.६५% ले वृद्धि गरी १ अर्ब १४ करोड १४ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ ।गत वर्ष ७३ करोड ८० लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी ५०.९६% ले बढोत्तरी गरेर २ अर्ब ११ करोड १३ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब ३९ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ६५.३१% वृद्धि भएको छ । बैंकले सञ्चालन नाफा १ अर्ब ३४ लाख ४ हजार रुपैयाँबाट बढेर १ अर्ब ६५ करोड ८७ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । 
यो तेश्रो त्रैमाससम्ममा ५६ अर्ब ६ करोड १५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड १३ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १९ करोड ७९ लाख ९६ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा १.८६% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा मात्र थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: