×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको नयाँ शाखा महोत्तरीको बर्दिवासमा, मन्त्री गिरीराजमणि पोख्रेलद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकको नयाँ शाखा महोत्तरीको बर्दिवासमा, मन्त्री गिरीराजमणि पोख्रेलद्वारा उद्घाटन

Artha Sarokar

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 बर्दिवास

काठमाडौँ – नेपाल बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिवासमा शाखा स्थापना गरेको छ । उक्त शाखाको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एक समारोहका बीच उद्घाटन गरे ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृध्दिमा योगदान बढाउन बैकलाई आग्रह गरे । नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैकले उपलव्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।
उक्त कार्यक्रममा वर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र स्थानीय व्यवसायी रामकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश २ को बैंकको प्रादेशिक कार्यालय प्रमुख प्रतिभा डंगोलको अध्यक्षतामा सम्पन्न उक्त समुद्घाटन समारोहमा प्रदेश नम्बर २ उच्च अदालतका न्यायाधीश सीताराम मण्डल, वर्दिवास न.पा वडा नम्बर १४ का अध्यक्ष भरत हमाल लगायत उद्यमी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी