×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

Artha Sarokar

९ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न भएको छ । बैंकलाई  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले बिक्री गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी