![](https://1.bp.blogspot.com/-o1WanVEmjFI/XO-Q0RGq9GI/AAAAAAABMCU/ng2VvKLNqQIo6KoAVZgganzNT44Xr8fsQCLcBGAs/s640/Nepal-investment-B.jpg)
अक्सन नोटिस :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
खुला भएको मिति : आज बिहीबार (जेठ १६ गते)
कित्ता : २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : जेठ २३ गते
प्रति कित्ता न्यूनतम मूल्य : ३०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता : ३ हजार कित्ता
विवरण :
नेपाल इन्भेष्टमेन्ट बैंकले २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले सेयरको मूल्य न्यूनतम ३०० रुपैयाँ तोकेको छ । यसैलाई आधार मूल्य मानेर जेठ २३ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।