×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल टेलिकमको खुद नाफा १५.७९% ले घट्यो, यस्तो छ अन्य सूचकको अवस्था

काठमाडौं – नेपाल टेलिकमले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार टेलिकमले खुद नाफा ९ अर्ब ९८ करोड ३९ लाख २५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५.७९% कम हो । गत वर्ष टेलिकमले ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १७९ रुपैयाँमा आइपुगेको छ ।
चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८६ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ जम्मा भइसकेको छ । गत वर्षको यसे अवधिमा रिजर्भ कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार २३६ रुपैयाँ रहेको थियो ।
टेलिकमको प्रतिसेयर आम्दानीमा पनि २२ रुपैयाँ ७५ पैसाको गिरावट आई ८८ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ३९ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ६३१ रुपैयाँ २७ पैसाबाट बढेर ६७६ रुपैयाँ ५ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: