×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १४५.४०%ले वृद्धि !

काठमाडौं – एनआइसी एसिया बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १४५.४०% वृद्धि भएको छ । गत वर्ष ९२ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यो त्रैमासमा बढाएर २ अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै आकर्षक रुपमा वृद्धि भएको छ । जस कारणले गर्दा खुद नाफा बढेको देखिएको छ । गत वर्ष २ अर्ब ४५ करोड ५२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा १००.४९% ले वृद्धि गरी ५ अर्ब ३२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १४८.१०%ले वृद्धि भएको छ । सञ्चालन नाफा १ अर्ब २९ करोड ९४ लाख ३० हजार रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ५४ अर्ब १३ करोड ५१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४१ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड २४ लाख २८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५ करोड ७५ लाख ९६ हजार रुपैयाँ जम्मा गरेको छ। 
यता, बैंकको खराव कर्जा ०.४५% रहेको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: