काठमाडौं – एनएलजि इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १५ करोड ३४ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको तुलनामा १.५९% ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनी यसले १५ करोड १० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको बिमा शुल्क ३.५९% ले घटेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेमा एस त्रैमासमा घटेर ५३ करोड ६० लाख ५५ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीको बिमा कोषको आकार भने केहि बढेको छ। कम्पनीको बिमा कोषको आकार १९.३८% ले बढेर ७८ करोड ४१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ६५ करोड ६८ लाख ५० हजार रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ९ महिना सम्म आइपुग्दा यसले ३२ करोड ९७ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ८७ करोड ९७ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८७ लाख ४१ हजार रुपैयाँ जम्मा भएको छ ।
साथै, कम्पनीको महाविपत्ति जगेडामा ५ करोड ४६ लाख १ हजार रुपैयाँ छ । गत वर्ष महाविपत्ति जगेडामा ४ करोड २१ लाख ८१ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ०१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्