×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले गर्यो प्रगति, खुद नाफा १९.९३% ले वृद्धि गरी कमायो १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ !

PRIME CA

एनएमबि बैंकले गर्यो प्रगति, खुद नाफा १९.९३% ले वृद्धि गरी कमायो १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ !

२३ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएमबि बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १९.९३% वृद्धि गरी १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५०.८३% र २३.३०% वृद्धि भएको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । त्यसै गरी, सञ्चालन नाफा पनि २ अर्ब ३४ करोड ९१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ९० करोड ५१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
यो तेश्रो त्रैमाससम्ममा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरेर ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ राखेको छ । 
बैंकको खराब कर्जा ०.३१% ले घटेर ०.७९% पुगेको छ । गत वर्ष यसै अवधिमा खराव कर्जा १.१०% रहेको थियो ।बैंकले प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: