काठमाडौँ – ओम डेभलपेमन्ट बैंक लिमिटड एनएमबि बैंक लिमिटेडसँग गाभिने भएको छ । प्राइम बैंकसँगको मर्जर प्रक्रिया भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने भएको हो ।
बिहीबार (आज) साढे ३ बजे होटेल अन्नपूर्णमा मर्जरमा जाने सैद्दान्तिक समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । दुबै बैंकबीचको मर्जर प्रकृया आगामि तीन महिना भित्र सम्पन्न गरी एकीकृत कारोबार गर्नेमा सहमति भएको बैंकले जनाएको छ ।
प्राइमसँगको मर्ज प्रक्रियामा करिब १ वर्ष अघिदेखिको प्रयास भाँडिएपश्चात नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो ।
हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । दुबै बैंक एक आपसमा गाभिएपछि चुक्ता पूँजी १२ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्