![](https://2.bp.blogspot.com/-rqVyYfxg0-I/XN5xjIkzidI/AAAAAAABLSc/LNTvEZOgOuYx3Qz06K4luJ3tAo5KUXWFwCLcBGAs/s640/2.jpg)
कम्पनीले खुद बिमा शुल्क १५.१८% ले बढाएर ५६ करोड २० लाख ६६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ४८ करोड ७९ लाख ७५ हजार रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, पुनर्बिमा कमिशनबाट ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस कम्पनीले ४४ करोड ४४ लाख ९९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी गर्न बाँकी दाबी रकम ४८ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ३६ लाख २५ हजार ९२८ रुपैयाँ जम्मा भएको छ ।
ओरियन्टलको जगेडा कोषमा आकर्षक वृद्धि गरेको देखिन्छ । जीवन बिमा कोषमा २१.३७% ले बढेर ५९ करोड ६२ लाख ३९ हजार ४०६ रुपैयाँ जम्मा भएको छ ।