×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा ५८.३५% ले वृद्धि (वित्तीय विवरणसहित)

PRIME CA

प्रभु बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा ५८.३५% ले वृद्धि (वित्तीय विवरणसहित)

२२ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु बैंक आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको ख्यो तेश्रो त्रैमाससम्म आइपुग्दा अरबपतिको सूचीमा उक्लिएको छ । यो तेश्रो त्रैमासमा बैंकले खुद नाफा गत बर्सको तुलनामा ५८.३५% ले वृद्धि गरी १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष बैंकले ९१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
प्रभुको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ७३.३१% र २४.६१% ले वृद्धि गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५ हजार रुपैयाँबाट बढाएर  ३ अर्ब ३७ करोड ८३ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ ।  साथै, सञ्चालन नाफा १ अर्ब ६७ करोड ९६ लाख ८५ हजार रुपैयाबाट बढेर २ अर्ब ९ करोड ३० लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८६ अर्ब १६ करोड ९४ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा २.४२% रहेको छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दनाी ११ रुपैयाँ ४६ पैसा रहेको थियो ।



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: