×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको खुद नाफा ३१.३६% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा  ३१.३६% ले वृद्धि गरी १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा पुर्याएको छ । गत वर्ष प्राइमले १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ४२.१५% र २८.६७% ले वृद्धि भएको छ । गत वर्ष  १ अर्ब ८३ करोड १ लाख २३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २ अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ पुर्याएको छ। यस्तै, सञ्चालन नाफा १ अर्ब ७० करोड ९१ हजार ७७ लाख रुपैयाँबाट बढेर २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । 
यो तेश्रो त्रैमाससम्ममा बैंकले ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको हो । यता, बैंकले ग्राहकलाई ६९ अर्ब ८६ करोड ३९ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ४७ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी  ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । बैंकले जगेडा कोषमा २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ राखेको छ ।
यता, बैंकको खरव कर्जा भने बढेको छ । बैंकको खराब कर्जा  ०.५२% ले बढेर १.५८% पुगेको छ । गत वर्ष खराव कर्जा १.०६% थियो । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: