![](https://2.bp.blogspot.com/-hPfKTFY1XE4/XMl2KbNokdI/AAAAAAABKZQ/E4V1F-sJYcYSQVE6rDXANr2_RXe8cGdXQCLcBGAs/s640/2.jpg)
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ४००.५८% ले वृद्धि भएको छ । फाइनान्सले यस अवधिमा खुद नाफा २ करोड ९१ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो नाफा ९८ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी ११९.६०% ले बढेर ४ करोड १२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा १७९.०१% ले बढेर ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनी १ करोड ३ लाख २७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि भएको छ जसले गर्दा खुद नाफा पनि बढेको देखिन्छ ।
यो तेश्रो त्रैमाससम्ममा फाइनान्सले ८२ करोड ७२ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ करोड ४४ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्स चुक्ता पुँजी २३९.०९% ले बढाए ७१ लाख २१ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १५०१.६५% ले बढोत्तरी गरी ४ करोड २५ लाख ८ हजार रुपैयाँ पुगेको हो ।
फाइनान्सले प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेको प्रोग्रेसिभको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ ।
![](https://1.bp.blogspot.com/-VWXxpwgayfY/XMl7fVCQnhI/AAAAAAABKZ8/peCQBSfrCOY4U_obYMaAIWygqr1c7ZpJQCK4BGAYYCw/s1600/progressiv1.jpg)
![](https://1.bp.blogspot.com/-BOY3Nkb2DT4/XMl7fixv_VI/AAAAAAABKaA/W2TfDC4juforQhaPVZQ3iIqEzRPrWdwoQCK4BGAYYCw/s1600/prigessive2.jpg)