
काठमाडौँ- चार्टड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीको जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्सले भ्याटसमेत नबुझाउने गरेको तथ्यसहितको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि सिए सिवाकोटीले आफुलाई आफ्ना स्टाफले धोका दिएका कारण यस्तो घटना घटेको दावी गरेका छन् ।
उनले आफ्ना स्टाफले पैसा लिएर भागेका कारण आफुले भ्याटवापतको रकम तिर्न नसकेको बताएका हुन् । ‘भ्याट बुझाउनुपर्ने पैसा लिएर स्टाफ बेपत्ता छन् । त्यहि भएर तत्काल भ्याट बुझाउन सकिएन । पत्रिकामा नाम आउँदा त खासै कसैले थाहा पाएका थिएनन् । तर अर्थ सरोकारमै न्यूज आयो भनेर धेरैले फोन गरे । मेरो नियत गलत होइन । यसलाई यसरी प्रचार नगरेको भए हुने ।’ उनले भने ।
साथै उनले केहिदिनभित्र सम्पूर्ण रकम तिर्नेसमेत प्रतिबद्धता जनाएका छन् । ‘काम गर्यो, बिल पठायो, समयमा पेमेन्ट नै आउंदैन । आएको पनि स्टाफले लिएर भाग्यो । त्यहि भएर यस्तो समस्या आएको हो । ऋण नै गरेर पनि केहिदिनमा भ्याट तिर्छु ।’ उनले भने ।
उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्