×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मेरो सरकार’ वा ‘तेरो सरकार’को बहसमा नलागौँ, भारत र अमेरिकामा समेत चलेको यो ‘अन्तराष्ट्रिय चलन हो’ (ब्लग)

  • डीआर नेपाल 
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्वोधनका क्रममा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । धेरैले राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गर्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । कतिले यहि विषयलाई लिएर देशमा राजतन्त्रकालको झल्को आएको भनी टिप्पणीसमेत गरेका छन् । तर यो विषयलाई लिएर विद्यादेवी भन्डारीको आलोचना गर्दैगर्दा भाषण कसले लेख्यो वा ‘मेरो सरकार’ भन्नुको आशय के थियो भनेर बुझ्न जरुरी छ ।  
यो भाषाण राष्ट्रपतिको भाषण भन्दा पनि क्याबिनेट वैठकबाट पारित गरिएको भाषण हो । यसरी हेर्दा यो शब्दावली सरकारले प्रयोग गरेको हो । पूरै क्याबिनेटले यो सरकारलाई मेरो सरकार भन्दा के बिग्रियो त ?  मेरो सरकार शब्दको पछी लाग्नुभन्दा पहिला बुझ्नुपर्छ, ‘यो अन्तर्राष्ट्रिय अभ्यासकै निरन्तरता हो। ‘ संवैधानिक राष्ट्रपति हुने छिमेकी भारतदेखि कार्यकारी राष्ट्रपति हुने अमेरिका लगायतका देशको अभ्यासलाई समेत हेरेर मेरो सरकार भन्ने ‘कस्मेटिक शब्द’ राखिएको हुनसक्ने कुरा पनि सबैले बुझ्नुपर्छ । संवैधानिक हुन् वा कार्यकारी राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा -माइ गभर्मेन्ट) मेरो सरकार भन्ने प्रचलन छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले पछिल्लो पटक त्यहाँको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा हिन्दीमा ‘मेरी सरकार’ र अंग्रेजीमा माइ गभर्मेन्ट भनिएको छ ।
सबैतिर मेरो सरकार भन्न हुने नेपालमा किन नहुने ? सबैले यतातर्फपनि ध्यान दिने कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: