
- एसपी सुमन
सम्माननीय राष्ट्रपतिज्यू !
नमस्कार !
आज म हाम्रो सरकार अर्थात जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न आतुर भएर बसेको थिएँ । तर विडम्बना, मलाई त थाहा नै भएन जनताको सरकार रातारात राष्ट्रपतिज्यूको ‘मेरो सरकार’ भइसकेछ । राजतन्त्रको झल्को दिने गरी संसदमा आज जे सुनियो, जे देखियो, त्यो ठिक भएन राष्ट्रपतिज्यू ! हजारौं जनताले बलिदान दिएर ल्याएको गणतन्त्रमा राष्ट्रपति हुनुभएको तपाईंलाई यो सरकारलाई ‘मेरो सरकार’ भन्न रतिपनि सुहाउँदैन ।
के तपाईंलाई महारानी बन्न रहर लागेको हो ? कि निरंकुशताको रहर गर्नुभएको हो ।होइन भने यो ठिक भएन राष्ट्रपतिज्यू । राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भनिन्थ्यो । त्यसैले राजा अर्थात् श्री ५ ले ‘मेरो सरकार’ भन्ने गर्थे। गणतन्त्र आएपछि ‘श्री ५ को सरकार’ बाट नेपाल सरकार भयो । त्यसैले यसलाई मेरो सरकार भन्ने हक तपाईंमा नहुनुपर्ने हो । ‘१४ वर्षअघि लडेर फालेको राजतन्त्र सरकारको नीति तथा कार्यक्रममार्फत पुनर्बहाली भएको जनतालाई थाहा छैन । तर भाषणमा ‘मेरो सरकार’ भनेपछि हामीले के बुझ्ने ?
ल ठिकै छ राष्ट्रपतिज्यू तपाईंकै सरकार भो रे ! अनि तपाईंको सरकारको नीति तथा कार्यक्रम सुनियो, अव हाम्रो सरकारको कहिले आउँछ ? कहाँ सुन्न पाइन्छ जनताको सरकारको नीति तथा कार्यक्रम ? कहिले प्रस्तुत हुन्छ जनताको नीति तथा कार्यक्रम ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्