लाष्ट रिमाइन्डर :
कम्पनी : रिलायन्स फाइनान्स
लाभांश : १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने
बुक क्लोज : जेठ १३ गतेदेखि जेठ २७ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (जेठ १२ गते, आइतबार)
साधारण सभा : जेठ २७ गते
विवरण :
रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार (जेठ १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एकैपटक जेठ २७ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि रिलायन्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।
साधारण सभाका प्रस्ताव :
आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने
आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने चुक्ता पुँजीको २.६३% नगद लाभांश दिने
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने।
विशेष साधारण सभा हुने स्थान र समय :
लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे ।