
काठमाडौं – सगरमाथा इन्स्योरेन्सले ८६% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति २७१औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ८६% बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३/७४ को पनि लाभांश दिएको छैन । आव २०७३/७४ र २०७४/७५ समेतको नाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । बोनस वितरणपछि सगरमाथाको चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार ९३४ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक बिमा समितिको स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्