काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १३.५६% ले वृद्धि भएको छ । कम्पनीको खुद नाफा २० करोड २० लाख ५ हजार ५३० रुपैयाँबाट बढेर २२ करोड ९३ लाख ८१ हजार ७७१ रुपैयाँ पुर्याएको छ ।
सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.३३% ले बढेर ६० करोड २८ लाख २३ हजार ८८३ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ५६ करोड ६९ लाख १३ हजार ३६२ रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६९ करोड ६८ लाख ८ हजार ६६८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९७ पैसा रहेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्